चेल्सीलाई हराउँदै बार्यन म्यूनिखले जित्यो सुपर कपको उपाधि

भदौ १५ - इंग्लिस क्लव चेल्सीलाई टाइब्रेकरमा हराउँदै जर्मन क्लव बार्यन म्यूनिखले युइएफए सुपर कपको उपाजि जितेको छ ।
चेक गणतन्त्रमा शुक्रबार राती भएको भएको खेलमा बार्यन यूनिखले चेल्सीलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराएको हो ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि थपिएको अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि खेल पेनाल्टी सुट आउटमा पुग्यो । पाँचौ नम्बरमा पेनाल्टी प्रहार गरेका चेल्सीका रोमेलु लुकालुले पेनाल्टी मिस गरेपछि बार्यन विजयी भयो ।
यसअघि फर्नान्डो टोरेसले आठौं मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि ४७ औं मिनेटमा फ्राँङक रिबेरीले बार्यनका लागि बराबरी गोल फर्काए । त्यसपछि थपिएको अतिरिक्त समयको तेश्रो मिनेटमा इडेन हर्जार्डले गोल गर्दै चेल्सीलाई दोश्रो पटक अग्रता दिलाएका थिए तर जाभी मार्टिनेजले अतिरिक्त समयको पनि अन्तिम सयममा गोल गर्दै खेल दोश्रो पटक बराबरी गरे ।
यो खेलको ८४ औं मिनेटमा मारियो गोटेजलाई फल हानकोमा चेल्सीका नासिमेन्टो रामिरेज रातो कार्ड पाउँदै बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित भएको थियो ।
यो जितसँगै बार्यनले सन् २०१२ मे १९ तारिखमा च्याम्पियन्स लिग फाइनलमा भोगेको हारको बदला लियो । सन् २०१२ को च्याम्पियन्स लिगको फाइनलपछि यी टोली शुक्रवार राती पहिलो पटक आमने सामने भएका थिए ।

साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger