लामो समयसम्म सेन्सरको झमेलामा परेर एडल्ट सर्टिफिकेट पाएको चलचित्र ‘बर्बाद’ असोज ११ गतेबाट प्रदर्शनमा आउने भएको छ । चलचित्रका निर्माता तथा कलाकार जीके शर्माले अनलाइनखबरलाई प्रदर्शन मितिका बारेमा जानकारी गराएका हुन् ।रिम विश्वकर्माको निर्देशनमा तयार भएको यो चलचित्रमा जीया केसी, गणेश गिरी, जीके शर्माको मुख्य भूमिका छ । व्यस्त जीवन बिताउने श्रीमानबाट यौन प्यास मेटाउन नसकेपछि एक महिलाले बाहिरी पुरुषसँग राख्ने सम्बन्धलाई चलचित्रले देखाउन खोजेको छ ।
उसो त सेन्सर बोर्डले ‘बर्बाद’का कति दृश्य काट्यो भन्ने कुरा खुलेको छैन । तर डेढ दर्जन पटकसम्म पनि सेन्सर बोर्डबाट फिर्ता भएको ‘बर्बाद’ हेर्दा दर्शकले के पाउँछन् भन्न सकिने अवस्था छैन ।
Post a Comment