ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी

ग्यास्टीक/अल्सर विमारीलाई घरेलु उपचार विधी 


अल्सर अहिलेको मानिसहरुमा ग्यास्टीक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्टीक बढ्दै जान्छ ।यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा घाउ बन्न सक्दछ । आन्द्रामा प्वाल पर्यो भने अल्सर रोग लाग्दछ । यो अलि बढि नै खतरा रोग हो । मानिसहरुले खानपानको लापारवाहीले गर्दा यो रोग हुन सक्दछ । यो पाचन प्रणालीसँग जोडिएको हुन्छ । 
१. अल्सर रोग हो वा होइन कसरी थाहा पाउने ? अल्सर रोग लाग्यो भने पेटको माथि पटीको भागमा दुख्छ । खाली पेट अथवा खाना खाई सकेपनि दुखिरहन्छ । उल्टी आउला कि जस्तो हुन्छ । उल्टी आयो भने आराम हुन्छ । वान्ता गर्दा रगत नै पनि आउन सक्दछ । 
२. अल्सर रोग लागेमा के खाने कुरा खान हुन्छ ? चिसो दुध पटक पटक गरी दिनमा सात आठ कप पिउने । एकै पटक धेरै खाना नखाने, थोरै थोरै चार पाँच पटक खाने । खानामा दुध, दाल, बिस्कुट, रोष्ट, भात, मुगको दाल, जाउलो खाने । फलफुलहरुमा जस्तै अङ्गुर, पाकेको केरा, स्याउ, गाजर खाने । प्रोटिनमा अण्डा, पनिर, दाल खान हुन्छ ।
 ३. अल्सर रोग लागेमा कस्तो खानेकुरा नखाने ? अत्यधिक तातो र चिसो खानेकुरा नखाने ।

पिरो, मसलाको मात्रा धेरै भएको खानेकुरा नखाने, नुन चर्को, अमिलो दही र अमिलो महि नखाने । पेय पदार्थमा रक्सी, गाढा रङ हालेको चिया र कफि नखाने । तेलमा तारेको अत्यधिक चिल्लो खानेकुरा नखाने ।
 ४. अल्सर रोग लागेका रोगीहरुले ध्यान दिनुपर्ने कार्यहरु धेरै बेर भोकै नबस्ने । ब्रत बस्दा बिमारी बढ्ने सम्भावना भए ब्रत नबस्ने । मानसिक चिन्ता तनाबहरु सबै छोडिदिने । राती धेरै बेरसम्म अनिदो नबस्ने । धेरै दुख्यो भनेर आफु खुसी औषधीको सेवन नगर्ने । कालो चियाको प्रयोग बिलकुलै नगर्ने । दिउँसो सुत्ने बानी भएमा पनि हटाउने । 
५. अल्सर रोगको आफैले गर्न सकिने उपायहरु शारारिक र मानसिक रुपमा आराम गर्ने बानी बसाउने । खाना खाँदा कुनै चिन्ता नलिइकन आरामसँग खाने । तनाबको अवस्थामा नबस्ने, जतिखेर पनि रिसाएको जस्तो अनुहार नदेखाउने । हाँस्न सिक्ने र हाँसेर बस्ने । काम गर्दा गर्दै पेट पोल्न थाल्यो भने दुई चार वटा बिस्कुटहरु खाने । स्वास्थ्यताको लागि आवश्यक व्यायम गर्ने । 
स्रोतः- हाम्रो घरको डाक्टर (घरेलु जडिबुटीबाट रोगको उपचार गर्ने विधि)
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger