"गजल"
कान्छु गाँउमा, घासको भारी कस्तो लाग्यो?
पानी नलाग्ने खेत, त्यो टारी कस्तो लाग्यो?
जुङगाले घोच्यो काले भन्थेयौ त मलाई सधै
तिम्रा बुढाका,लामालामा दार्ही कस्तो लाग्यो?
आर्धनग्न शरिर देखाई ठाटीएर हिड्ने तिमी
कान्छु गाँउमा, घासको भारी कस्तो लाग्यो?
पानी नलाग्ने खेत, त्यो टारी कस्तो लाग्यो?
जुङगाले घोच्यो काले भन्थेयौ त मलाई सधै
तिम्रा बुढाका,लामालामा दार्ही कस्तो लाग्यो?
आर्धनग्न शरिर देखाई ठाटीएर हिड्ने तिमी
गुन्यु चोलीमा, पटुकी र सारी कस्तो लाग्यो?
शहरका ती ऐस आरामका सपना देख्ने तिमी
गाँउका ती, ट्याक्टरमा सबारी कस्तो लाग्यो?
आफ्नै सानो सँसारमा रमाउने ती गाउलेहरु
सधै खुसी रहने, पुरुष र नारी कस्तो लाग्यो?
तिमीखुसी हुन्छौ भनेर मायामा त्याग गरेको म
कुमार धोकेबाज वा मन'कारी कस्तो लाग्यो??
कुमार के.सी
नरपानी-5 जगत
Post a Comment