महिला अधिकारको दुरुपयोगः ‘एक रात पोईला गा’को पनि त्यत्रो डाह...’
प्रेम सुनार भदौ १६, गुल्मी ।- गुल्मी ईस्माकी अस्मीता नाम परिवर्तन घरबाट कसैलाई थाह पत्तो नदिई दुधे बालक छाडेर हिडेको ९ महिना पछि घर फर्केकी छन् । श्रीमान विदेशबाट घर आएको पनि ७ महिना भयो । श्रीमति पोईला गा’को खवर सुनेपछि भिषा नसकीदै घर फर्केका उनि छोरा छोरीको विचल्ली देखेपछि अर्को विवाह गर्न बाध्य भए । विवाह गरको के थाह पाएकी थिईन उनकी पुर्व पत्नी ९ महिना पछि फर्केर भन्दै छिन् मलाई घर भित्राउछस् की बहु विवाह मुद्धा दिउँ ? उनि फोनै फोनको भरमा सुदुर पश्मिाञ्चलको मान्छे संग पोईला गएको कुरा छिमेकी सारालाई थाह छ । उनि हिडेपछि घरका ति दुधे बालक रोएर सताए पछि परिवारले जहाँ छस् फर्केर आईज भनेर फोनबाट बोलाउँदा म उ सित गएँ, गएँ फर्केर आउन्न भनेर चुनौति दिएको सवैले सुनेका थिए । ९ महिना सम्म त्यो पुरुष संग कहिले बुटवल त कहिले काठमाण्डौ सयल गरे पछि धनगढी पुगेकी उनलाई सौताले लुछे पछि रुदै फर्किएको श्रोतले बताएको छ । अहिले आएर सती सावित्री बन्दै भन्ने गरेकी छन् रे–‘विरामी परेर बुटवल दिदीकहाँ बसेकी थिए े,े अरु महिला पोईला गएर पनि फेरी पुरानो लोग्नेले स्वीकार गर्छन् र त भ’को छ म जावो दुई चार महिना दिदीको घरमा बस्दा पनि अनेक कुरा काट्ने ।’ उनको यो कुरा सुन्दा फेरी मलाई झट्ट त्यही कुरा याद आयो–‘ एउटी महिला उनि जस्तै सौता माथी पोईला गा’की थिईन् । अघिल्लो दिन पोईला गा’की उनलाई सौताले लुछे पछि अर्को दिन पुर्व पति कहाँ फर्केर आईन् । मेला पात पधेरोमा छिमेकी महिलाहरुले गिल्ली गर्न थाले । भने –‘कस्ती लाज नभएकी नकटी होली, पोईला गएर पनि फेरी फर्केर उहि पुरानो लोग्ने सित आउने, छिः लाज नभा’की नकटी....’ त्यो सुनेपछि ति महिलाको कन्चट तात्यो । के भनु के भनुु जस्तो लाग्यो र प्याच्च भनिन्–‘ विना स्वादैको मान्छे सधैका लागि पोईला जान्छन् र त केहि हुन्न म जावो एक रात पोईला गा’को पनि त्यत्रो डाह...’ ठिक त्यस्तै ईस्माकी ति महिलालाई पनि के को दोष ? मान्छे पोईला गएर उता एक सन्तान जन्माएर पनि पुर्व पति संग सम्वन्ध विच्छेद गर्न र लाखौ रुपैयाँ गोजी भराई माग्न लजाउँदैनन् भने उनि त न पेटमा न साथमा । जावो आठ नौं महिना, त्यो श्रीमानको सट्टामा अर्मपर्म त हिडेकी थिईन्, विचरीलाई गाउँका कुरौटेहरुले त्यसै कुरा काट्ने । खै प्रमाण उनि पोईला गा’को ? न प्रमाण कागजमा देखिने न त शरिरमा । उनि आउन त मात्रै अधिकारकर्मीहरुको ेशरणमा ¥याख¥याखी पार्ने छन् ति कुरौटेहरुलाई । उनिहरुले बुझे कै छैनन् अहिलेको महिला अधिकार की कसो ? लौ है तिमी पिडित पुरुष उतै गाउँमा उनले जे चाहन्छीन् त्यही मान । प्रहरी प्रशासन र अदालत तिर धाईन भने कि तिमी बहु विवहामा जेल, कि त लाखौ रुपैयाँको गोजी भराईमा पर्ने छौ । ख्याल गर है दुरुपायोग भई रहेको छ महिला अधिकार यति बेला ।
Post a Comment