साफ च्याम्पियनसिपमा नेपाल र पाकिस्तान भिड्दै

१८ भदौ, काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको आफ्नो दोस्रो खेलमा नेपाल आज पाकिस्तानसँग भिड्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजेपछि हुनेछ ।
saff championshipउद्घाटन खेलमा बंगलादेशलाई २–० ले पराजित गरेको घरेलु टोली नेपाल पाकिस्तानविरुद्ध उच्चनोमन वलका साथ मैदानमा उत्रनेछ । नेपाल पाकिस्तानलाई हराउँदै सेमिफाइनल प्रवेश सुनिश्चित गर्न चाहन्छ भने पाकिस्तान च्याम्पियनसिपको यात्रा जीवित राख्ने प्रयासमा हुनेछ । कम्तिमा बराबरी हुने खेल आत्मघाती गोलका कारण चीरप्रतिद्वन्द्वी भारतलाई पहिलो खेल १–० ले सुम्पिएको पाकिस्तान घाइते बाघ जस्तै भएको छ । आज हारे पाकिस्तान प्रतियोगिताबाट बाहिरिनेछ ।
नेपाल र पाकिस्तान अहिलेसम्म १३ पटक भिडेका छन् । जसमध्ये ५ खेल नेपालले जितेको छ भने ४ खेल पाकिस्तानको पक्षमा गएको छ । ४ खेल बराबरीमा सकिएको छ । गत माघमा सम्पन्न दुई मैत्रिपूर्ण खेलमा पाकिस्तानले सतप्रतिशत नतिजा निकालेको थियो ।
नेपाल र पाकिस्तानबीचको खेल अघि दिउँसो साढे ३ बजे भारत र बंगलादेश भिड्नेछन् । भारत र नेपाल दुबैले आ आफ्नो खेल जित समूह चरणको अन्तिम खेल अघि नै दुबै टोली सेमिफाइनल प्रवेश गर्नेछन् ।
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger