विमलको गोलमा नेपालले पाकिस्तानसँग अंक खोस्यो

१८ भदौ, काठमाडौं । अतिरिक्त समयमा १६ वर्षीय विमल घर्ति मगरले गरेको गालेको मदतमा नेपालले पाकिस्तानसँग बराबरी खेलेको छ ।
मंगलबार भएको खेलमा नेपालले पाकिस्तानसँग १–१ को बराबरी खेल्दै अंक खोसेको हो । बराबरीपछि २ खेलबाट ४ अंक जोडेको नेपाल शीर्ष स्थानमा छ । मंगलबार नै बंगलादेशसँग १–१ को बराबरी खेल्दै ४ अंक जोडेको भारत गोल अन्तरमा पछि पर्दै दोस्रो स्थानमा छ । १ अंक जोडेको पाकिस्तान तेस्रो र समान अंक जोडेको बंगलादेश पुछारमा छ ।
bimal gharti magar
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानले १४ औं मिनेटमा अग्रता लिएको थियो हसन वसिरले गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएका हुन । पहिलो गोलपछि लगातार नेपाललाई दबावमा राखेको पाकिस्तानले केही मौका गुमाएको थियो । पहिलो हापको अन्त्यतिर नेपालले लगातार आक्रमण गरेपनि गोल गर्न सअफल भयो ।
दोस्रो हापमा केही लयमा फर्किएको नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । एकपछि अर्को प्रयास असफल भएपछि प्रशिक्षक ज्याक स्टेफानोस्कीले टंक बस्नेतको स्थानमा विमल घर्तिमगरलाई मैदान प्रवेश गराएका थिए । निर्धारित समय ९० मिनेटपछि थपिएको ४ मिनेटको सुरुमा नै विमलले बराबरी गोल फर्काए । कप्तान सागर थापाको फ्रिकिक बल पाकिस्तानी गोलरक्षकले पूर्ण रुपमा क्लियर गर्न नसक्दा पाएको मौकामा विमलले गोल गरेका हुन् । विमलको बराबरी गोल फर्काएपछि दशरथ रंगशालामा रहेका झण्डै १८ हजार दर्शक जुरुकै उठेका थिए ।
सेमिफाइनल प्रवेशको सम्भावना बलियो
अब नेपालले समूह चरणको अन्तिम खेल बिहीबार डिफेण्डिङ च्याम्पियन भारतसँग खेल्नेछ । भारतसँग बराबरी खेल नेपाल र भारत दुबै सेमिफाइनलमा पुग्नेछन् । पराजित भएमा भने पाकिस्तान र बंगलादेशको नजिता कुर्नुपर्छ । पाकिस्तान र बंगलादेशले बराबरी खेले नेपाल र भारतको नजिता जे भएपनि नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ । बंगलादेश र पाकिस्तानको खेलमा कुनै एक टोली विजयी हुने र नेपाल भारतसँग पराजित भएको अवस्थामा भने हेड टु हेड र गोल अन्तरका आधारमा टुंगो लाग्नेछ ।
भारत र बंगलादेशले अंक बाँडे
यसैबीच भारत र बंगलादेशले बराबरी खेल्दै अंक बाडेका छन् । यसको प्रत्यक्ष फाइदा नेपाललाई भएको छ । मंगलबार हलचोकमा भएको खेलमा भारत र बंगलादेशले १-१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलको ८२ औं मिनेटमा मिसुले गोल गर्दै बंगलादेशलाई सुरुवाति अग्रता दिलाएका थिए । तर, खेल सकिन केही सकेण्ड बाँकी छँदा भारतका कप्तान सुनिल क्षेत्रीले फि्रकिकमार्फत उत्कृष्ट गोल गर्दै डिफेण्डिङ च्याम्पियनलाई हारबाट बचाए ।
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger