२०७० भाद्र महिनाको राशीफल
.
कृष्णप्रसाद कोइराला,
मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यो महिनामा तपाईंको राशिबाट पाँचौ सूर्य, तेस्रो बृहस्पति, सातौं शनि र राहु, भावमा केतु रहेको देखिन्छ । बौद्धिक र प्राज्ञिक क्रियाकलापका माध्यमबाट आर्थिक पक्षमा टेवा पुग्ने छ । ज्ञानगुन प्राप्त गर्ने सिलसिलामा घरायसी वातावरण तपाईंअनुकूल रहने देखिन्छ । खासगरी व्यवस्थापन र वित्तीय क्षेत्रका अध्येताले यो महिना असाधारण प्रगति गर्नेछन् । अभिभावकवर्ग र गुरुजनबाट स्याबासी, पुरस्कार र प्रशंसा प्राप्त हुनेछ । महिनाको पूर्वाद्र्धमा आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ, अनि पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । तर महिना ढल्दै जाँदा मन भुलाउने उपायको प्राप्ति हुनेछ । सामान्यतया भाद्र महिनाको ७, ८, १७, १८, २६ र २७ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट चौथो सूर्य, दोस्रो बृहस्पति, छैठौं शनि र राहु, बाह्रौं केतु रहेको देखिन्छ । खास गरी साहित्य, कला, आर्थिक, वित्तीय र प्राविधिक विषयका विद्यार्थीले विशेष सफलता प्राप्त गर्नेछन् । आर्थिक क्षेत्रसमेत अनुकूल छ । प्राज्ञिक क्रियाकलापमा साथीभाइ र कुटुम्बका नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । बोलीको प्रभाव रहनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुने छ । अन्य क्षेत्रमा समग्रमा यो महिना लाभदायक देखिन्न । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ, शरीर अस्वस्थ हुनसक्छ र स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ । अन्तिम सातातिर चोटपटकको भय र मानसिक तनावको सङ्केत समेत छ । सामान्यतया भाद्र महिनाको १, २, ९, १०, ११, १९, २०, २१, २८ र २९ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट तेस्रो सूर्य, राशिमा बृहस्पति, पाँचौं शनि र राहु, एघारौं केतु रहेको देखिन्छ । हुन त यो वर्ष नै तपाईंका लागि शैक्षिक र प्राज्ञिकताका दृष्टिकोणले त्यत्ति अनुकूल छैन, तापनि भाद्र महिनामा तपाईंले प्राविधिक र यान्त्रिक क्षेत्रमा कुनै ज्ञान, सीप वा तालिम हासिल गर्ने विचार गर्नु भएको छ भने शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने समय छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । त्यसैले सानातिना कुरामा अल्मलिने समय छैन । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । सामान्यतया भाद्र महिनाको ३, ४, १२, १३, २२, २३, ३० र ३१ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट दोस्रो सूर्य, बाह्रौं बृहस्पति, चौथो शनि र राहु, दसौं केतु रहेको देखिन्छ । यो महिना अध्ययनअध्यापन र प्रणयसम्बन्धमा मध्यम समय छ । खासगरी घुमफिर र भ्रमणका कारण तपाईंले प्राज्ञिक क्षेत्रमा समय दिन हम्मेहम्मे पर्नेछ । तर वित्तीय र व्यवस्थापन क्षेत्रका छात्रछात्राले यो महिना राम्रै नतिजा हात पार्नु हुनेछ । कामको दायित्व दिन प्रतिदिन बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ । पारिवारिक सहयोग बढ्ने छ । बोलिको प्रभाव बढेतापनि झैझगडामा आफु पछि हट्नु पर्नेछ । मातापिता र अभिभावक वर्गको स्वास्थ्यप्रति सजग रहनु होला । सामान्यतया भाद्र महिनाको ५, ६, १४, १५, १६, २४ र २५ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट राशिमा सूर्य, एघारौं बृहस्पति, तेस्रो शनि र राहु, नवौं केतु रहेको देखिन्छ । बौद्धिक र प्राज्ञिक क्रियाकलापबाट प्रशंसा, सम्मान र पुरस्कार प्राप्त गर्न सकिने महिना हो, यो । तर मनमा पलाउने स्वाभिमानिता, घमण्ड र फूर्तिले कसैसँग व्यर्थमा वादविवाद पनि हुनसक्छ, त्यसैले संयमता अपनाउनु राम्रो हुनेछ । भाद्र महिना तपाईंका लागि धार्मिक र सामाजिक काममा समय बित्ने महिना हो । यस महिनामा कुनै दिन दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको भाग्यबल बढ्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । शत्रुहरु पराजित हुनेछन् । यथासम्भव मनोरञ्जनात्मक क्रियाकलापबाट जोगिंदा राम्रो हुने छ । मनमा के गरौं के नगरौं भन्ने दोधारको स्थिति सिर्जना भइरहन सक्छ । सामान्यतया भाद्र महिनाको ७, ८, १७, १८, २६ र २७ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट बाह्रौं सूर्य, दसौं बृहस्पति, दोस्रो शनि र राहु, आठौं केतु रहेको देखिन्छ । हुन त अभिभावक वर्ग र विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछन् तर अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । खराब समय छ । सामाजिक क्रियाकलापमा बढी सहभागी बन्नुपर्नेछ, मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो छैन । तपाईंको परिश्रम खेर जान सक्छ । विपरीतलिङ्गी साथी र घरभित्रका महिला सदस्यहरुसितको सम्बन्धमा तिक्तता आउन सक्छ । हातखुट्टा र हड्डीमा कुनै विकार र खराबी देखिनाले अनावश्यक रुपमा धनखर्चको सम्भावना समेत छ । सामान्यतया भाद्र महिनाको १, २, ९, १०, ११, १९, २०, २१, २८ र २९ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट एघारौं सूर्य, नवौं बृहस्पति, भावमा शनि र राहु, सातौं केतु रहेको देखिन्छ । यो महिना तपाईंका लागि बौद्धिक र प्राज्ञिक क्षेत्रमा निराश तुल्याउने महिनाका रुपमा आएको छ । अध्ययनमा जाँगर चल्ने छैन । यो महिना आर्थिक रुपले तनाव सिर्जना हुनसक्छ । खानपानमा अरुचि हुनेछ । दाजुभाइ र साथीभाइ टाढिने सम्भावना समेत छ । सज्जन र विशिष्ट व्यक्तिसँग विनाकारण वैरभाव हुनसक्छ । यद्यपि अन्य क्षेत्रमा राम्रो समयको योग छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । महिनाको प्रारम्भ र अन्त्यमा नचिताएको क्षेत्रबाट अचानक धनप्राप्ति हुनसक्छ । मायाप्रीतिका प्रसङ्गमा र परिवारका सदस्यहरुसित अनावश्यक तनावको सिर्जना हुनेछ । सामान्यतया भाद्र महिनाको ३, ४, १२, १३, २२, २३, ३० र ३१ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट दशौं सूर्य, आठौं बृहस्पति, बाह्रौं शनि र राहु, छैठौं केतु रहेको देखिन्छ । यो महिना अध्ययन, अध्यापन र लेखनकार्यलाई माध्यम बनाएर वैदेशिक क्षेत्रमा गई प्राज्ञिक र बौद्धिक उन्नति चाहनेहरुका लागि उच्च सफलता प्राप्त हुने सम्भावना छ । साथीभाइ, नातागोता र मनमिल्ने साथीले तपाईंको प्रयासलाई सघाउ पु¥याउन सक्छन् । नयाँ कृति वा नवीन अनुसन्धानतिर दिमाग मुखरित हुने सङ्केत छ । कृषिकार्यतिर पनि मन केन्द्रित हुनेछ । पौष्टिक पदार्थ र फलफूलको कारोबारबाट तपाईंलाई यो महिना राम्रो लाभ हुनेछ । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । उत्साहपूर्वक काम गर्नुहोला । तर तर्कविवाद र झैझगडामा एक कदम पछाडि हट्नु नै बेस हुनेछ । विपरीतलिंगी सहकर्मीसँगको सम्बन्ध सुमधुर रहने छ । सामान्यतया भाद्र महिनाको ५, ६, १४, १५, १६, २४ र २५ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट नवौं सूर्य, सातौं बृहस्पति, एघारौं शनि र राहु, पाँचौं केतु रहेको देखिन्छ । विपरीतलिंगी सदस्यबाट प्राप्त सल्लाहबाट सुरु गरेको प्राज्ञिक र व्यवसायिक क्षेत्रबाट राम्रो प्रतिफल लिन सक्नुहुनेछ । प्रायोगिक ज्ञान र अल्पकालिक सीप हासिल गर्दा फाइदा हुने योग छ । इलेक्ट्रोनिक र प्राविधिक क्षेत्रमा भने नयाँ विषयवस्तुको अध्ययनमा रुचि जाग्ने सम्भावना देखिन्छ । साहित्य वाङ्मय र गीतसङ्गीत तथा ललितकलाका क्षेत्रमा लाग्ने व्यक्तिहरुको उन्नति प्रगति हुनसक्छ । तर दर्शन र चिन्तनमूलक क्षेत्रको अध्ययन अध्यापनमा खासै रुचि रहने छैन । यातायातको साधन किन्ने विचार गर्नु भएको छ भने यो महिना अनुकूल समय हो । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । छाती र रुँघामर्कीसम्बन्धित रोगीले यो महिना सतर्क रहनु बेस हुनेछ । सामान्यतया भाद्र महिनाको ७, ८, १७, १८, २६ र २७ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट आठौं सूर्य, छैठौं बृहस्पति, दसौं शनि र राहु, चौथो केतु रहेको देखिन्छ । तपाईंले आफ्नो बौद्धिक प्रतिभाको उपयोग गरेर खास गरी गीत, सङ्गीत, कला र प्राविधिक ज्ञानका माध्यमबाट मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि गर्ने अवसर चाहिं प्राप्त गर्नु हुनेछ । तर मनमा निराशाको भावना सञ्चरण हुने भएकाले मौकामा जानेको, बुझेको र अनुभूत विषय प्रस्फुटन नहुनाले धोका हुनसक्छ, समय ठीक छैन । गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी महत्त्वपूर्ण काम छ भने पनि चालु महिनाका लागि थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ वा वहाँहरुको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ । सामान्यतया भाद्र महिनाको १, २, ९, १०, ११, १९, २०, २१, २८ र २९ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट सातौं सूर्य, पाँचौं बृहस्पति, नवौं शनि र राहु, तेस्रो केतु रहेको देखिन्छ । मानसिक उल्झन र तनावका कारण यो महिना बौद्धिक क्रियाकलापका लागि अनुकूल छैन । कार्यालय व्यवस्थापन, बैंकिङ र मार्केटिङका क्षेत्रमा ज्ञान, सीप वा रोजगारी हासिल गरेका मानिसका लागि यो महिना राम्रै छ । पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु समाधान हुनेछन् । काममा सफलता पाइने छ । विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने यो महिना त्यसका लागि राम्रो छ । नातागोताभित्रका विपरीतलिंगी सदस्यले राम्रो सहयोग गर्ने छन् । दाजुभाइको उन्नति र प्रगतिको समाचार सुन्नपाउनु हुनेछ । तर्क, विवाद र झैझगडामा भने तपाईंकै जित हुनेछ । जीवनसाथीको सल्लाहबमोजिम गरिएको कामबाट लाभ प्राप्त गर्न सक्नुहुनेछ । सामान्यतया भाद्र महिनाको ३, ४, १२, १३, २२, २३, ३० र ३१ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
यो महिनामा तपाईंको राशिबाट छैठौं सूर्य, चौथो बृहस्पति, आठौं शनि र राहु, दोस्रो केतु रहेको देखिन्छ । घरव्यवहार र सामाजिक क्रियाकलापमा सक्रिय हुनुपर्ने भएकाले तपाईंलाई बौद्धिक क्षेत्रमा समय दिन गाह्रो हुनेछ । तर आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । यो महिना अवगाल र अपजस व्यहोर्नु पर्ने समय पनि हो । प्रतिस्पर्धीहरुले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ । सहयोगी हातहरु पछि हट्न सक्छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ । त्यस्तै लगानीको खासै ठूलो प्रतिफल प्राप्त नहुने क्षेत्रमा सम्पत्ति लगानी गर्ने उच्चाकांक्षा जाग्नेछ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । महिनाको अन्त्यतिर कुनै नचिताएको क्षेत्रबाट लाभ हुनेछ वा गुमेको धन फिर्ता हुनेछ । सामान्यतया भाद्र महिनाको ५, ६, १४, १५, १६, २४ र २५ गते तपाईंका लागि त्यत्ति अनुकूल हुने छैनन् ।
Post a Comment