डलरको मूल्य १०० रुपैयाँ नाघ्यो

३ भदौ, काठमाडौं । अमेरिकी डलरको मूल्यले यसअघिका रेकर्डलाई तोड्दै सोमबार अपरान्ह १०० रुपैयाँ नाघेको छ । ६ महिनाअघि ८७ रुपैयाँ रहेको डलरको मूल्य यस अवधिमा करिब १५ प्रतिशतभन्दा बढीले उकालो लागेको हो ।
भारतमा शुक्रबार अमेरिकी डलरको सटही दर ६२.०३ भारुसम्म पुगेर कारोबार भएकोमा सोमबार अपरान्हसम्मा ६२.७५ भारु पुगेको छ । जसको नेपाली रुपान्तरण १०० रुपैयाँ ४० पैसा हुन्छ । भारतमा डलरको मूल्य वृद्धि र विदेशीले डलर फिर्ता गर्ने क्रमसँगै सोमबार पुँजी बजार सूचकमा पनि उच्च गिरावट आएको छ । सेन्सेक्स ४०० अंक घटेर २ प्रतिशत सूचक तल झरेको छ भने निफ्टी १०० अंक घटेर २.१ प्रतिशतले ओर्लेको छ ।
नेपाली मुद्रा भारतीय मुद्रासँग स्थिर विनिमय दर रहेका कारण नेपालमा पनि भारतसँगै डलरको मूल्य बढेको हो । नेपाली पुँजी बजारमा विदेशीको लगानी नरहेको हुनाले डलर मूल्यले असर परेको छैन । नेपाली बैंकहरुले आज विहान १०० रुपैयाँको हाराहारीमा डलर बिक्री गरिरहेका थिए भने अपरान्ह १०० रुपैयाँ २५ पैसाभन्दा बढीमा बिक्री गरेका छन् ।
किष्ट बैंकले बिक्री मूल्य १००.३० रुपैयाँ तोकेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकले १००.६० रुपैयाँ तोकेको छ । एभरेष्ट बैंकले बिक्री मूल्य १००.४५ रुपैयाँ तय गरेको छ । केही बैंकले भने खरिद र बिक्री मूल्यमा न्यून मार्जिन राखेर १०० रुपैयाँ मात्र बिक्री मूल्य तोकेका छन् ।
भारतमा आयात बढेको र डलरको माग वृद्धि भएको कारण डलरको मूल्य बढेको हो । भारतीय अर्थतन्त्र कमजोर बन्दै गएपछि विदेशी लगानीकर्ताले लगानी फिर्ता लिएका छन् । भारतको आर्थिक वृद्धि ५.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ भने चालू खाता घाटा जीडीपीको ३.७ प्रतिशत पुगेको छ ।
बण्ड मार्केटबाट गत मे अन्तिमदेखि अहिलेसम्म ११ अर्ब ४० करोड डलर बाहिरिएको छ । मे २२ यता विदेशी लगानीकर्ताले मात्र १० अर्ब डलर झिकेका छन् ।
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger