"गजल" मिर्मिरे बिहानी, पधेरीमा रुदै छौ की आमा।

 "गजल"

मिर्मिरे बिहानी, पधेरीमा रुदै छौ की आमा। 
गाईबस्तु हेर्दै, कटेरीमा रुदै छौ की आमा। 

प्रदेशमा छोरो खायोकी भोकभोकै छ भनी 
अगेनीको त्यो, मझेरीमा रुदै छौ की आमा। 

हुरिआई घरकोछानो उडाएर लग्यो भन्थेयौ 
घाम पानी अनी, खडेरीमा रुदै छौ की आमा। 

उमेरले डाँडा काट्यो कैले खुस पाईन भन्दै
आँसु झार्दै ती, परेलीमा रुदै छौ की आमा।

साहु आई कराउदा मनका घाउ चहराउदा
घर पछीको, करेसीमा रुदै छौ की आमा।।

कुमार के.सी
नरपानी-5 जगत
अर्घाखाँची
साथीलाई सेर गर्नुहोस् :

Post a Comment

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger