माइक्रोसफ्टले विन्डोज अपरेटिङ सिस्टमको नयाँ संस्करण आगामी अक्टोबरमा सार्वजनिक गर्ने भएको छ । विद्यमान विन्डोज ८ मा केही सुधार गरी विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको हो । विन्डोज ८ मा हराएको स्टार्ट बटन थप्दै अरु केही फिचर्स समेत थपेर आगामी अक्टोबर १८ मा विन्डोज ८.१ सार्वजनिक गर्न लागिएको माइक्रोसफ्टले जनाएको छ ।
माइक्रोसफ्टका अनुसार विन्डोज ८ चलाइरहेका हरुका लागि विन्डोज ८.१ निशुल्क रुपमा डाउनलोड गर्न पाउने सुविधा दिइनेछ । विन्डोज ८ लाई अपग्रेड गर्ने डाउनलोड भर्सन मात्र नभएर फूल रिटेल भर्सन समेत अक्टोबर १८ मै उपलब्ध गराइनेछ ।
विन्डोज ८.१ मा पर्सनलाइजेसन, इन्टरनेट एक्स्प्लोलर ११, विंग सर्च तथा सुधारिएको विन्डो स्टोरका साथै स्काइ ड्राइभ कनेक्टिभिटी लगायतको सुधार अनुभुति गर्न सकिने माइक्रोसफ्टका ब्रान्डन ले ब्लान्कले आफ्नो ब्लग पोष्टमा जनाएका छन् ।
टचस्त्रिmन सपोर्ट गर्ने पहिलो विन्डोज अपरेटिङ सिस्टम विन्डोज ८ लाई प्रयोगकर्ताले खासै मन नपराएपछि तथा केही आलोचना गरेपछि माइक्रोसफ्टले यसलाई सुधारेर विन्डोज ८.१ ल्याउन लागेको हो । विन्डोज ८ गएको वर्षको अक्टोबरमा सार्वजनिक गरिएको थियो ।





विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Post a Comment