३२ साउन, जाजरकोट । जाजरकोटमा एक हप्तादेखि आयोडिनयुक्त नुनको हाहाकार भएको छ । साल्ट ट्रेडिङको जिल्लास्थित गोदाममा अघिल्लो आर्थिक वर्षको निर्धारित कोटाको नुन सकिएकाले नुनको हाहाकार भएको हो ।
गत आर्थिक वर्षको निर्धारित कोटा एक हजार क्विन्टल नुनमध्ये ७०४ क्विन्टल मात्र जिल्लामा पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन जाजरकोट शाखाले बताएको छ । नुन ढुवानीको जिम्मा लिएका ठेकेदारले २९६ क्विन्टल नुन पुर्याएका छैनन् ।
गत आर्थिक वर्षको निर्धारित कोटा एक हजार क्विन्टल नुनमध्ये ७०४ क्विन्टल मात्र जिल्लामा पुगेको साल्ट ट्रेडिङ कर्पोरेसन जाजरकोट शाखाले बताएको छ । नुन ढुवानीको जिम्मा लिएका ठेकेदारले २९६ क्विन्टल नुन पुर्याएका छैनन् ।
गाउँगाउँबाट सदरमुकामस्थित डिपो पुगेका सर्वसाधारण नुन नपाएपछि खाली हात र्फकन बाध्य छन् । दुई दिन पैदल हिँडेर नुन लिन सदरमुकाम आएका रग्दा गाविस-३ का देवराज रावतले नुन नपाउँदा रित्तै र्फकनु परेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो-”नुन न त बजारमा पाइन्छ, न त डिपोमा नै दैनिक नुन लिन आउने स्थानीयवासी यसरी नै नुन नपाएर र्फकने गरेका छन् ।” सदरमुकाममा मात्र नुन वितरण केन्द्र भएका कारण ग्रामीण क्षेत्रका बासिन्दा नुन लिन सदरमुकाम आउनुपर्ने बाध्यता रहेको छ ।
सरकारले आयोडिनयुक्त नुनमा जाजरकोटलगायत विकट पहाडी तथा हिमाली जिल्लामा ढुवानी अनुदान दिँदै आएको छ । आयोडिनयुक्त नुनमा अनुदान दिने भएकाले प्रतिकेजी -एक प्याकेट) १० रुपैयाँमा बिक्री हुने गर्दछ । बजारमा ढिके नुनसमेत पाइँदैन । ढुवानीसहित ढिके नुनको मूल्य दोब्बर पर्ने भन्दै व्यापारीले बजारमा ल्याउन छाडेका कारण जिल्लामा नुनको हाहाकार भएको हो । साल्ट टे्रडिङ शाखा कार्यालयका प्रमुख भरत श्रेष्ठले गत आर्थिर्क वर्षको निर्धारित कोटा सकिएको र नयाँ टेन्डरको प्रक्रियामा भएकाले जिल्लामा नुनको अभाव भएको बताउनुभयो । अघिल्लो आर्थिक वर्ष बाँकी रहेको नुन आउने ठेगान नभएको श्रेष्ठले बताउनुभयो । रासस




विदेशी मुद्रालाई नेपाली रुपैयाँमा र नेपाली रुपैयाँलाई विदेशी मुद्रामा परिवर्तन गरौं
Post a Comment