लोक सेवाका परीक्षार्थी लुटिए


२ भदौ, खोटाङ । लोक सेवा आयोगको परीक्षा दिएर र्फकने क्रममा खोटाङमा रुकुम र जाजरकोटका परीक्षार्थी लुटिएका छन् । लोक सेवा आयोगअन्तर्गत अहेब र अनमीको परीक्षा दिएर घर र्फकने क्रममा जाजरकोट, रुकुमलगायतका पश्चिम नेपालका परीक्षार्थी लुटिएका हुन् ।
शनिबार भएको अहेबको परीक्षा सकाएर घर र्फकने क्रममा खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थल नजिकै शनिबार साँझ उनीहरु लुटिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक गोविन्द साहले बताउनुभयो । लुटेराको समूहले १७ जना परीक्षार्थीलाई कुटपिट गर्दै नगद २१ हजारसहित गरगहना लुटेर लगेको प्रहरी नायब परीक्षक साहको भनाइ छ ।
लुटेराको समूहले आक्रमण गर्दै लुटपाट गर्न थालेपछि भाग्ने क्रममा केही परीक्षार्थी घाइते भएको प्रहरीले जनाएको छ । लुट्नेमा संलग्न रहेको आशङ्कामा प्रहरीले स्थानीय १३ युवालाई नियन्त्रणमा लिएको छ । रासस
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger