गर्भधान अगाडि अपनाउनु पर्ने सर्तकता

गर्भधारण एउटा प्राकृतिक नियम हो । गर्भधारणभन्दा अगाडि आमाको स्वास्थ्य, अवस्था, उमेर र शारीरिक तन्दुरूस्ती हेर्नु धेरै उचित हुन्छ । महिलाको उमेर कम छ भने सन्तान पाउनका लागि केही वर्ष पर्खिनु नै पर्छ । गर्भधारण आकस्मिक घटनाका रुपमा नभई योजनाबद्ध हुनुपर्छ । यसो भएमात्र आगन्तुक शिशुकोे शारीरिक र मानसिक विकास पनि राम्रो हुन्छ ।
images-472
पैंतीस वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चाहरुमा पनि विभिन्न विकृति आउने सम्भावना भएको हुनाले केटीको उमेर बीसदेखि तीसवर्ष भएका बेलामा बच्चा जन्माउनु राम्रो हुन्छ । पैंतीस वर्ष नाघेका महिलाले बच्चा नजन्माउनु नै वेश हुन्छ । आमाको उमेर पैंतीस वर्षभन्दा बढी भएको अवस्थामा आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ ।
अर्को बच्चाको इच्छा भए महिलाले तीन महिना अघिदेखि नै परिवार नियोजनका साधनहरु प्रयोग गर्न छाड्नु पर्छ । नछुने हुने नियमित नभएसम्म कण्डोम प्रयोग गर्ने र नछुने नियमित भएपछि कण्डोम प्रयोग गर्न छाड्ने गरेमा गर्भ स्वस्थ रहन मद्दत पुग्छ । परिवार नियोजनका साधन प्रयोग गरिरहेको बेलामा गर्भ रहेमा बच्चा विकृत बन्ने वा गर्भपात हुने सम्भावना हुन्छ । यदि बच्चा जन्मे पनि बच्चाको स्वास्थ्य कमजोर हुन्छ ।
गर्भधारण गर्नु अगाडिदेखि नै पोषिलो खानाखाने र राम्रो स्वास्थ्य राख्ने गर्नुपर्छ । यसो गरेमा स्वस्थ बच्चा जन्मिन्छ । पोषिलो खाना खाँदा पुरुषबाट निस्कने शुक्रकीट पुष्ट, शक्तिशाली, सक्रिय र स्वस्थ हुन्छ । त्यस्तै महिलाबाट निस्कने अण्डापनि स्वस्थ हुन्छ, पाठेघरमा बच्चा बढ्ने राम्रो वातावरण बन्दछ । यसले गर्भावस्थामा रगतको कमी हुँदैन, बच्चा पाउने व्यथा खप्ने क्षमता बढ्छ र गर्भैदेखि बालकको शारीरिक र मानसिक विकास पनि राम्रो हुन्छ ।
गर्भधारणको दुई तीन हप्ता अगाडिदेखि नै पतिपत्नी दुवैले कफी, चुरोट, बिडी, सुर्ती, रक्सी र अन्य लागुपदार्थ खानु हुँदैन । यस्ता पदार्थको सेवन गरेमा रोगी बच्चा जन्मने बढी सम्भावना हुन्छ । गर्भधारण भन्दा दुई तीन हप्ता अगाडिदेखि नै महिलाले निन्द्रा लगाउने, पेट पोलेको कम गर्ने, ज्वरो निको पार्ने औषधि खानु हुँदैन । यसले गर्भपतन गराउने बढी सम्भावना हुन्छ । गर्भ रहिरहेमा यस्ता औषधिले गर्भे बच्चामा शारीरिक र मानसिक विकास राम्रो हुन पाउँदैन र जन्मदा बच्चाको तौल पनि कम हुन्छ । गर्भधारणका बेलामा महिला र पुरुष दुवैले राम्रो मनोभावना राख्ने, नडराउने, चिन्ता नलिने, झगडा नगर्ने, शरीर सफा राख्ने, कपडा सफा लगाउने गर्नुपर्छ । महाभारतमा, यौनसम्पर्क हुँदा डराएर फुस्रो रङ्ग भएकी आमाबाट जन्मेको पाण्डु फुस्रा, डराएर आँखा चिम्लेकी आमाबाट जन्मेका धृतराष्ट्र अन्धा, खुशी भएकी आमाबाट जन्मेका विदुर नीतिवान, बुद्धिमान र नम्र भए भन्ने प्रसिद्ध कथा छ । यसबाट पनि गर्भाधानका बेला शान्त मनस्थितिमा रहनुपर्छ भन्ने कुरा स्पष्ट हुन्छ ।
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger