२ भदौ, काठमाण्डौं । उच्च माध्यमिक शिक्षा परिषद्ले प्लस टुमा अध्ययन गर्ने विद्यार्थीको ‘आपत्तिजनक अवस्था’ बारे अनुगमन गर्न टोली खटाएको छ । मिनिस्कट लगाउने, पार्कमा आपत्तिजनक अवस्थामा बस्ने र मोटरसाइकल चलाउनेलगायत क्रियाकलापमा संलग्न विद्यार्थीको पहिचान गर्न परिषद्ले आइतबारदेखि ६ टोली खटाएको हो ।
परिषद्का प्रवक्ता नारायण कोइरालाले कक्षा ११ र १२ का विद्यार्थी आपत्तिजनक अवस्थामा रहे/नरहेको पत्ता लगाउन उपत्यकामा ६ टोली खटाएको बताए । दुई/दुईजनाको टोलीले १५ दिनसम्म चोक तथा पार्कमा अवलोकन गर्ने र आपत्तिजनक अवस्थामा पाइएमा फोटोसमेत खिचेर कारबाहीका लागि सिफारिस गर्ने छ ।
टोलीले विद्यालय पोसाकमा फिल्महलमा जाने, ग्याङफाइटमा लाग्ने, मिनिस्कट लगाउने, मोटरसाइकल चलाउनेलगायत आचारसंहिताविरुद्धका क्रियाकलापमा लाग्ने विवरण संकलन गर्ने नयाँ पत्रिकामा खबर छ ।
Post a Comment