आज मिति २०७० भदौ ३ गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सरकारले गृहकार्य गर्न नभ्याएको भन्दै असन्तुष्ट ३३ दलसँगको वार्ता स्थगित भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
कान्तिपुर दैनिकले बैंकिङ कसुरका १९०० फरार रहेको खबरलाई मुख्य रुपमा छापेको छ, भने नागरिक दैनिकले अनुदान कुम्लयाउन बित्थामै पाठेघर झिक्ने गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
बहुबिबाह गर्ने ७ सय ५० प्रहरी माथिको कारबाही रोकिएको खबर नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ भने चीनले पोखरामा वाणिज्य दूतावास खोल्न प्रस्ताव राखेको खबरलाई अन्नपूर्ण पोस्टले मुख्य रुपमा छापेको छ ।
Post a Comment