"गजल" (नारी बिशेष)
"गजल" (नारी बिशेष)
मेरो खुसीले जीबनसाथी, बर खोजीन बाबा
झुपडीमै दिनुभो महल, घर खोजीन बाबा!
जो सग लगन जुर्यो उसैको पछी रुदै आए
बिबस म उहँको नाम, थर खोजीन बाबा!
अन्जान मान्छेसग ज्युनु मर्नु थियो मलाई
मेरोसबै उनैसम्झी अन्तै,भर खोजीन बाबा!
चुलोचौको मेलापातमै जीबनमेरो बित्यो यसै
सुख र ऐस आरामको, शहर खोजीन बाबा!
आफ्नै सानो सँसारमा रमाउने सँस्कार पाए
जीबनभर म खुसिको, सागर खोजीन बाबा!
कुमार के.सी
नरपानी-5 जगत
अर्घाखाँची
Post a Comment