काठमाडौ, भाद्र ३ - भारत र श्रीलंकाले एसीसी इमर्जिङ टिम्स कप क्रिकेटमा आइतबार जित हासिल गरेका छन् । सिंगापुरमा सञ्चालन भइरहेको प्रतियोगिताको समूह 'ए' मा भारतको यू-१९ टिमले पाकिस्तानको यू-२३ टिममाथि ३ विकेटको जित हासिल गर्यो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट क्षतिमा १ सय ९१ रन बनायो । जवाफमा भारतीय टिमले ४७ ओभर ५ बलमा सात विकेट गुमाउँदै जित हासिल गर्यो । पाकिस्तानका लागि उस्मान सलाउद्दिनले सर्वाधिक ६१ रन बनाए भने उमर वाहिदले ४६ रन जोडे । भारतका सन्दीप वारिअरले सर्वाधिक ३ विकेट लिए ।
भारतका उन्मुक्त चन्दले ६१ तथा लोकेश राहुलले ४६ रन जोडे । उनीहरूले पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए । पाकिस्तानका राजा हसनले तीन विकेट लिए । जितसँगै भारत तीन अंकसहित समूहको शीर्षस्थानमा छ । अघिल्लो दिन नेपाललाई हराएको अफगानिस्तान समान अंक भए पनि नेट रनरेटका आधारमा दोस्रोमा छ भने नेपाल तेस्रो र पाकिस्तान चौथो स्थानमा छन् ।
समूह 'बी' मा श्रीलंका यू-२३ टिमले बंगलादेश यू-२३ टिमलाई ६२ रनले हरायो । श्रीलंकाले पहिले ब्याटिङ गर्दै ६ विकेट क्षतिमा २ सय ५९ रन बनायो । जवाफमा बंगलादेश ४७ ओभर ४ बलमा १ सय ९७ रनमा अलआउट भयो ।
श्रीलंकाका उदारा जयसूर्या र सेहन जयसूर्याको जोडीले पहिलो विकेटका लागि १ सय ५७ रनको साझेदारी गर्यो । उदाराले ७० र सेहनले ८५ रन जोडे । बंगलादेशका रोनी तालुकदारले ५६ रन बनाए । शनिबारको खेलमा बंगलादेशले सिंगापुरलाई ८ विकेटले हराएको थियो ।
आज भएको खेलमा पाकिस्तानले अफगानिस्थानलाई 2 बिकेट र १ रनले हराएको छ ..
Post a Comment