प्रलिसा भइन् मिस लिटिल नेवा

कान्तिपुर संवाददाता
काठमाडौ, भाद्र ३ - यस वर्षको मिस लिटिल नेवाको उपाधि प्रलिसा शाक्यले हात पारेकी छन् । राजधानीमा आइतबार गरिएको प्रतियोगितामा उनले ताजसहित १० हजार रुपैयाँ पुरस्कार पाइन् ।
प्रलिसालाई पछ्याउँदै सिलुटारा शाक्य फस्ट रनरअप र सृष्टिना महर्जन सकेन्ड रनरअप भइन् । अनुरा श्रेष्ठले नेपाल भाषा र पल्पसा मानन्धरले मिस ट्यालेन्टको ताजसहितको उपाधि पाए । कृष्णा श्रेष्ठले मिस फ्रेन्डसिप, पल्पसा रञ्जितकारले मिस इनोसेन्ट, साहिना श्रेष्ठले मिस वेस्ट ड्रेस, सुभाषा श्रेष्ठले वेस्ट स्माइल, नस्ला महर्जनले पर्सनालिटी, युवी श्रेष्ठले डिस्पिलिन, अस्मिता बलामी वेस्ट हेयर, योगेता श्रेष्ठले बेस्ट स्कीन र तिमिला महर्जनले मिस फोटोजेनिकको उपाधि पाए ।
नेप्लिज फेसन होमले गर्दै आएको प्रतियोगिताको यो ८ औं संस्करण हो । नयाँ पुस्तालाई मौलिक कला, संस्कृति र भाषा हस्तान्तरण गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिँदै आएको होमकी अध्यक्ष हेमा मानन्धरले बताइन् ।

साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger