विधुतमा क्षति पुर्याउदा पौदीको एक गाउ अँध्यारोमा

विधुतमा क्षति पु¥याउँदा पौदीको एक गाउ अँध्यारोमा प्रेम सुनार भदौ २, गुल्मी । गत सुक्रबार परेको अविरल वर्षाले धारा पनी लघु जल विद्युत आयोजना पौदी अमराई वडा नम्वर ४को कुलो र वाँध भत्काएर क्षतिग्रस्त हुँदा त्यस गाउँका २२ घर धुरी ३ दिनदेखि अँध्यारोमा बस्न बाध्य भएका छन् । कुलोले बाँध, कुलो सवै बगाए पछि ३ दिन देखि स्थानियबासी अँध्यारोमा बस्न बाध्य भएको त्यस परियोजना उपभोक्त समितिका अध्यक्ष ज्ञानबहादुर थापाले बताउनु भयो । पैरोले लघु जल विद्युत आयोजनाको करिव अढाई लाख रुपैयाँ वरावरको क्षति पुराएको उहाँको आंकलन छ । २०६४ साल कार्तिक महिनामा ग्रामिण आर्थिक विकास संघ रेडा पाल्पा र स्थानियबासीको जन श्रमदान सहित ७ लाख रुपैयाँमा सम्पन्न उक्त आयोजना पुनर निर्माण गर्ने कार्यस्थानियवासीको पहुुँच भन्दा बाहिर भएकोले सम्वन्धीत सरकारी निकायबाट आर्थिक सहयोगको अपिल गर्द छौ अध्यक्ष थापाले भन्नु भयो । ३ किलो वाड क्षमताको उक्त लघु जल विधुत आयोजना रेडाले सम्पन्न गरी उपभोक्तालाई बुझाएपछि उसले मर्मत कार्य नगर्ने बताईएको छ । गाविस , जिविसबाट आर्थिक सहयोग पाउन नसके स्थानियवासीको ठुलो पहलमा सम्पन्न उक्त योजना सधैका लागि अवरुद्ध हुने भएकोले वेलैमा पुनर निर्माणका लागि संवन्धीत पक्षको ध्यान जान जरुरी देखिएको छ ।
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger