विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका एक तिहाइ मानिस आफ्नो दैनिक जिवन यापनका लागि चाहिने उर्जाको निमित्त कोइला, दाउरा तथा गुइँठा जस्ता जैविक वस्तुमा निर्भर छन् । विकाशशील देशमा तीन अरब मानिसले खान पकाउनका लागि जिवांश इन्धनको प्रयोग गर्ने गरेका छन् । जिवांश इन्धनको प्रयोग गरी चुल्होमा आगो बालेर खाना पकाउने लगायतका काम गर्दा धुवाँ बढि निस्कने र घरभित्रको वातावरणमा धुवाँ निष्कासन (भेन्टिलेसन)का लागि उचित प्रबन्ध समेत नहुने भएकाले गृहिणी महिला तथा घरभित्रै धेरै समय बिताउने बालबालिकाले स्वास प्रस्वाससँगै हानिकारक धुवाँ लिन बाध्य छन् जसका कारण उनीहरु गम्भीर स्वास्थ्य समस्याको जोखिममा परिरहेका हुन्छन् ।
विश्व स्वास्थ्य संगठनकै एक रिपोर्ट अनुसार अपि|mका र एसियाका महिलाहरुले औषतमा दिनमा ३ देखि ५ घण्टा खाना पकाउने चुल्होकै अगाडि भान्सामा बिताउँछन् र ती गृहिणी महिलासँगै भान्सामा उनीहरुका शिशुहरु समेत हुन्छन् । चुल्होमा बालिने दाउरा, कोइला तथा गुइँठा लगायतका वस्तुबाट निस्कने हानिकारक धुवाँमा विषाक्त कण तथा कार्वन मोनोअक्साइड, बेन्जित था फर्माल्डिहाइड जस्ता मानव स्वास्थ्यमा निकै खराब असर पूराउने प्रदुषकहरु हुन्छन् । दाउरा, गुइँठा मात्र होइन घरभित्रको प्रदुषणका लागि तेल, मट्टीतेल, ग्यास, तमाखु, चुरोट जस्ता जलाउने वस्तु देेखि लिएर काठ, कार्पेट जस्ता निर्माण सामाग्री र विभिन्न खाले घरायासी वस्तु तथा रसायनहरु समेत जिम्मेवारी हुन्छन् । घरभित्रका यस्ता प्रदुषकहरु न्युमोनिया, फोक्सोको क्यान्सर तथा विभिन्न खाले स्वास प्रस्वास सम्बन्धि रोगका कारकको रुपमा भूमिका निर्वाह गर्छन् । घरभित्रको वातावरण प्रदुषकका कारण दम, ब्रोंकाइटिस, क्षयरोग, रतन्धो, हृदयरोग तथा महिलाहरुमा कम तौलको बच्चा जन्मिने जस्ता समस्या समेत देखिने विभिन्न अध्ययनले देखाएका छन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार घरभित्र दाउरा, गुइँठा लगायतका जिवांश इन्धन बाल्दा निस्कने धुवाँकै कारण उत्पन्न हुने रोगबाट विश्वमा हरेक वर्ष २० लाख मानिसले ज्यान गुमाउने गरेका छन् । यस्तो मृत्युमध्ये ४४ प्रतिशत न्युमोनियाका कारण, ५४ प्रतिशत क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी रोगका कारण तथा २ प्रतिशत फोक्सोको क्यान्सरबाट हुने गरेको तथ्यांकले देखाउँछ । स्वास प्रस्वास सम्बन्धि रोगबाट वर्षेनी ज्यान गुमाउने ५ वर्ष मुनिका बालबालिका मध्ये आधाजसाको मृत्युको कारण घरभित्रको वायु प्रदुषण नै हुने गरेको बताइन्छ । विश्वमा हरेक वर्ष फोक्सोको क्यान्सरबाट ज्यान गुमाउनेमध्ये साढे १ प्रतिशत रोगीहरुको मृत्यु घरभित्रको धुवाँमा हुने कार्सिनोजेनकै कारण भएको हुन्छ ।
विज्ञहरुका अनुसार परम्परागत इन्धनमा खाना पकाउने महिलाहरुमा फोक्सो सम्बन्धि रोगको जोखिम सफा उर्जा प्रयोग गर्ने महिलामा भन्दा ३ गुणा बढि हुन्छ । यद्यपि घरभित्रको प्रदुषणको जोखिम पुरुषमा पनि उत्तिकै रहन्छ । धूमपानका कारण फोक्सोका रोगको जोखिममा परेका पुरुषमा घरभित्रको धुवाँजन्य प्रदुषणको रोगको जोखिम दोब्बर पार्ने विज्ञहरुको भनाइ छ । तथापि घरभित्र धेरै रहनुपनर्ेे, चुल्हो नजिग बसिरहनुपर्ने तथा जैविक रुपमा पनि बढि जोखिममा रहने हुनाले घरभित्रको प्रदुषणको असर महिलामा बढि हुने गर्छ र महिलासँगै हुने उनका बालबच्चामा उमेर लगायतका कारणले धुवाँजन्य प्रदुषणको जोखिम झनै बढ्ने गर्छ ।
नेपालको सन्दर्भमा ८६ प्रतिशत जनताले खाना पकाउनका लागि दाउरा, गुइँठा जस्ता जिवांश इन्धनको प्रयोग गर्ने गरेका छन् । पछिल्लो आर्थिक सर्भेक्षणले नेपालमा कुल उर्जा खपतमा परम्परागत उर्जाको मात्रा ८६.१ प्रतिशत रहेको देखाएको छ । उर्जा खपतमध्ये केवल ०.७७ प्रतिशत मात्र स्वच्च नविकरणीय उर्जा छ । कुल उर्जा खपतमध्ये दाउराबाट ७६.९१, कृषिजन्य अवशेषबाट ३.५ र पशुजन्य अवशेषबाट ५.६९ प्रतिशत रहेको देखिएको छ । यसबाट नेपालमा उर्जाको माग र प्रयोगमा मूलतः परम्परागत स्रोतकै बाहुल्यता रहेको स्पष्ट हुन्छ । यस्तो प्रकारको अनविकरणीय जिवांश उर्जा श्रोतको खपत बढ्दै जाँदा विभिन्न खाले वातावरणीय असर पर्ने मात्र नभै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर परिरहेको हुन्छ ।
दाउरा राम्ररी बल्न नपाउने र धुवाँ निष्कासन हुन नपाउने खालको परम्परागत चुल्हो, राम्ररी नबल्ने दाउरा, घरायासी इन्धनको रुपमा दाउरा तथा केही जिवांश इन्धन बाहेक अरु विकल्प नहुनु र भएपनि गरिबीको कारण पहुँच बाहिर हुनु, घरभित्र हावाको संचार राम्रोसँग नहुने झुप्राझुपि्र भएको तथा महिलाहरु खाना पकाउने काममा सधैभर खटिनुपर्ने र धुवाँले स्वास्थ्यमा पूराउने असरका विषयमा जनचेतनाको अभाव जस्ता कारणले गर्दा घरभित्रको धुवाँमा रहेका सयौँ प्रकारका हानिकारक प्रदुषकको पहिलो मारमा मानिसहरु तथा खासगरी महिलाहरु परेका हुन्छन् । विभिन्न अध्ययनले देखाए अनुसार नेपालमा घरभित्रको वायु प्रदुषणका कारण उत्पन्न हुने रोगब्याधीबाट वर्षेनी ८ हजार जनाले ज्यान गुमाउने गर्छन् र त्यसमा अधिकांश महिला तथा बालबालिका पर्ने गरेका छन् । नेपालमा हुने रोगब्याधीको कुल भारमध्ये २.७ प्रतिशत रोग घरभित्रको वायु प्रदुषणका कारण उत्पन्न हुने रोगले ओगट्छन् ।
घरभित्रको वायु प्रदुषण घटाउने र यसका असरबाट जोगिने विभिन्न उपाय छन् । परम्परागत चुलोको साटो सुधारिएको चुल्होको प्रयोग गरिएमा मात्र पनि घरभित्रको धुवाँजन्य प्रदुषण र यसको जोखिम निकै कम गर्न सकिन्छ । चुल्होबाट निस्कने धुवाँ घरबाहिर पठाउन चिम्नी वा राम्रोसँग भेन्टिलेसनको व्यवस्था गर्ने, घरभित्र आगो बाल्दा झ्याल ढोका खुला गर्ने, राम्रोसँग बल्ने दाउरा प्रयोग गर्ने, काँचो दाउरा नबाल्ने र राम्ररी सुकाएर मात्र बाल्ने, धेरै समय चुल्हो बाल्ने भान्सामा नबस्ने र घरबाहिर स्वच्छ हावा लिन निस्किने, बालबालिकालाई धेरै समय चुल्होमा बस्न नदिने, राम्ररी सुकेको गुइँठा मात्र बाल्ने, सकेसम्म बायो बि्रकेटको प्रयोग गर्ने -घरमै बि्रकेट बनाउन पनि सकिन्छ) गरिएमा घरभित्रको धुवाँ जन्य प्रदुषण घटाउन सकिन्छ । गोबर ग्यास तथा सौर्य उर्जा जस्ता वैकल्पिक उर्जाको प्रयोग गर्न सकिएमा प्रदुषण घट्ने मात्र नभई वैकल्पिक उर्जाको प्रयोग गुणस्तरीय जिवन यापनको आधार समेत बन्न सक्छ ।
घरभित्रको वायु प्रदुषणको न्यूनिकरणसमग्रमा सहश्राब्दी विकाश लक्ष्य प्राप्तिमा समेत सहयोगी बन्ने देखिन्छ । बाल मेृत्युदर घटाउने, मातृ स्वास्थ्यमा सुधार गर्ने, लैंगिक समानता कायम गर्ने तथा गरिबी र भोकमरी घटाउने जस्ता सहश्राब्दी विकाश लक्ष्य प्राप्तिको बाटोमा घरभित्रको वायु प्रदुषणले गर्ने क्षति एउटा चुनौतिकै रुपमा रहेको छ । घरभित्रको प्रदुषण न्यूनिकरण गर्न सकियो भने महिला र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव परी बाल तथा मातृ मृत्युदरमा स्वतः कमी आउँछ । स्वस्थ महिलाहरु आयआर्जनका काममा सहभागी हुन सक्ने भएकाले त्यसले समाजको आर्थिक तथा सामाजिक रुपान्तरण, आर्थिक वृद्धि, महिला ससक्तिकरणका साथै रोग, भोक र गरिबीबाट मुक्ति पाउने आधार प्रदान गर्दछ । एजेन्सीको सहयोगमा
Post a Comment