यौबन अवस्था समयभन्दा ढिलो हुने अवस्था (Delayed Puberty)
You need to install nepali font to view this
http://nepali.changathi.com/Fonts.aspx
यौबन अवस्थाका चिन्हहरु के के हुन्?
अनुहार मा दार्ही र जुँगा आउन शुरु हुनु
यौन अंगको वरीपरी रौ पलाउन शुरु हुनु
स्वर घोक्रो हुनु
लिङ्ग र अन्दकोश ठुलो हुनु
लम्बाई हलक्क बढ्नु
स्त्रीहरुमा छाती ठुलो हुँदै जानु
स्त्रीहरुमा महिनावारी शुरु हुनु
सामान्य अवस्थामा यौबन अवस्था कुन उमेरमा शुरु हुन्छ ?
पुरुषहरुमा ९ देखि १४ बर्षको उमेरमा र स्त्रीहरुमा ७ देखि १३ बर्षको उमेरमा
Delayed Puberty भनेको के हो ?
पुरुषहरुमा यौबन अवस्थाका चिन्हहरु १४ बर्षको हुँदा सम्म पनि नआएमा तथा स्त्रीहरुमा १३ बर्षको उमेर सम्ममा पनि नआएमा Delayed Puberty भनिन्छ
Delayed Puberty का कारण के के हुन् त ?
१. अन्दकोश (Testes) वा Ovary को रोग लागेमा ; यी ग्रन्थीहरु पेटमा हुन्छन
२. Pituitary ग्रन्थी को रोग लागेमा; यो ग्रन्थी दिमागको तल हुन्छ
३. कुनै पनि अन्य रोग (Systemic Illness) भएमा
Delayed Puberty को उपचार कसरी हुन्छ ?
यौबन अवस्था शुरु गराउनको लागि बाहिरबाट Testosterone (पुरुषहरुलाई ) वा Estrogen हर्मोन (महिलाहरुलाई) दिनु पर्छ
Delayed Puberty मा सन्तान हुने सम्भावना हुन्छ ?
रोग को प्रकृति हेरेर हुन्छ I अन्दकोश(Testes) वा Ovaryको रोगको कारणले भएमा सन्तान हुने संभवाना हुँदैन I Pituitary ग्रन्थीको रोगको कारण हो भने सन्तान हुने सम्भावना जिवितै रहन्छ I यसको लागि hCG / hMG इन्जेक्शनको आवश्यकता पर्दछ I
Post a Comment