४ असोज, काठमाडौं । एएफसी प्रेसिडेन्ट्स कप फुटबल खेल्न नेपालको ए डिभिजन लिग च्याम्पियन थ्रीस्टार फुटबल क्लब मलेसिया प्रस्थान गरेको छ । २० खेलाडी र दुई प्रशिक्षकसहितको टोली शुक्रबार अपराहृन मलेसिया प्रस्थान गरेको हो ।
खेलाडीलाई विदाई गर्दै थ्री स्टारका अध्यक्ष ललितकृष्ण श्रेष्ठले टोलीले उपाधि जित्नेमा आफू विश्वस्त रहेको बताए । उनले भने-नेपालको राष्ट्रिय टोली, १९ वर्षमुनिका र अन्य प्रतिभाशाली खेलाडी सहभागी भएकाले जित नेपालको पक्षमा हुने छ ।’
थ्री स्टारका प्रशिक्षक प्रदीप हुमागाइर्ंले साफ खेलकुदका क्रममा केही महत्वपूर्ण खेलाडी घाइते भएकाले खेलमा कस्तो नतिजा आउने हो अहिल्यै भन्न नसकिने बताउनुभयो । कप्तान सन्तोष सहुखलले राम्रो नतिजा ल्याउने अठोटका साथ खेल प्रदर्शन गर्न खेलाडी तयार रहेको बताउनुभयो ।
एसियाली फुटबल महासङ्घ एएफसीको आयोजनामा असोज ७ गतेदेखि हुने प्रतियोगितामा समूह चरण पार गरेका ६ टोली खेल्नेछन् । ३/३ क्लबलाई दुई समूहमा राखिएको छ । थ्रीस्टार रहेको समूह एमा तुर्कमेनिस्तानको बाल्कोन र मङ्गोलियाको इर्चिम क्लब छन् ।
थ्रीस्टारको गोलरक्षकमा राष्ट्रिय टोलीका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङसँगै एलन न्यौपाने र संजिव श्रेष्ठ छन् भने डिफेण्डरमा सन्दीप राई, विराज महर्जन, रवि थापा, आदित्य चौधरी, सरोज दाहाल, सविन्द्र श्रेष्ठ र विजय धिमाल रहेका छन् । मिडफिल्डमा जगजित श्रेष्ठ, विक्रम लामा, विजय गुरुङ, विष्णु गुरुङ, निराजन खड्का, पारस बुढाथोकी, योगेश गुरुङ छन् । फवार्डमा सन्तोष साहुखल, जोजोड र अनिल गुरुङ रहेका छन् ।
२००५ को पहिलो संकरणमा नेपालको प्रतिनिधित्व गरेको थ्रीस्टार सेमिफाइनलबाट बाहिरिएको थियो ।
Post a Comment