धूमपान छाड्न चाहनेका लागि एक दर्जन टिप्स

धूमपानको लत लागेपछि छाड्न निकै गाह्रो हुन्छ । वास्तवमा धूमपानको लत छाड्नु निकै चुनौतिको काम हो । अन्य कुलतसँगै धूमपानको लत छाड्न खोज्दा पनि मानिसको सरीरमा सुरु सुरुमा केही मानसिक तथा शारीरिक प्रतिक्रिया पैदा हुन्छन् । त्यस्ता प्रतिक्रियाका कारण व्यक्ति पुनः धुवाँ लिन बाध्य हुन्छ । तर दृढ इच्छाशक्ति हुनेहो भने धूमपानबाट अलगत हुन गाह्रो छैन । धूमपानले आफ्नो स्वास्थ्यमा निकै गम्भीर असर पूराइरहेको छ र यसले मृत्युको मुखमा पूराइरहेको छ भन्ने कुरा मनन गरेर धूमपान छाड्नका लागि दृढ बन्ने हो भने सजिलै धूमपान छाड्न सकिन्छ ।
तर सूर्तिमा हुने निकोटिन नामक रसायनले पैदा गर्ने तलतली मेटाउनका लागि सुरुमा धूमपानको विकल्प आत्मसात गर्नुपर्ने हुन्छ । मानिसहरुले धूमपान त्याग्नका लागि विभिन्न खाले औषधि समेत सेवन गर्ने गरेको पाइन्छ । तर यदि इच्छाशक्ति नहुने हो भने जस्तोसुकै औषधि सेवन गरेपनि धूमपानबाट छुटकारा पाउन सकिँदैन । धूमपान छाड्नका लागि केही काइदा यस्ता छन् -
योजना बनाउनुहोस् -धूमपानलाई सफलतापूर्वक त्याग्नका लागि तपाइँले आफ्नो धूमपानको आदतलाई राम्रोसँग पहिचान गर्नुपर्छ । त्यस लतप्रति आफ्नो निर्भरतालाई पहिचान गर्नुपर्छ । म कस्तो प्रकारको अम्मली हुँ ? मलाई कुन बेला किन धूमपान गर्न मन लाग्छ ? भन्ने कुराको बारेमा जानकार भइ त्यस्ता विषय तथा परिस्थितिलाई कसरी सामना गर्ने भन्ने विषयमा योजनाबद्ध ढंगले अघि बढ्नुहोस् । तपाइँले आफ्नो धूमपानको आदत र आवश्यकता तथा यसका जोखिमका विषयमा जानकार भएर त्यसलाई त्याग्नका लागि योजना बनाउनुभयो भने तपाइँले धूमपान त्याग्न सक्नुहुन्छ ।
व्यायाम गर्नुहोस्- शारीरिक गतिविधिहरु निकोटिनको इच्छा कम गर्नमा सहयोगी हुन्छन् । जब तपाइँलाई चुरोट तान्न वा सूर्ति खान मन लाग्छ तब जुत्ता लगाएर बाहिर कुँदिहाल्नुस् । यदि कुँद्ने अवस्था तत्काल छैन भने जिउ तन्याक तुनुक पार्दै व्यायाम गर्नुहोस् । गाउँघरतिर कुनै काम गर्नुपर्ने छ भने हँसिया नाम्लो लिएर घाँस काट्न गैहाल्नुहोस् वा वस्तुभाउ लिएर वनतिर जानुस् ।
बाजी थाप्नुहोस्-तपाइँले आफ्नो मित्रसँग बाजी थाप्न सक्नुहुन्छ । बाजी यो शर्तमा की तपाइँले निर्धारित तिथिसम्ममा धुमपान गर्न छाड्नुहुन्छ । यदि नछाडेमा बाजी हार्नुहुन्छ । तपाइँले आफ्नो लत छाड्न मात्र होइन साथीको लत छुटाउन पनि उसलाई बाजी थाप्न प्रोत्साहित गर्नुहोस् । बाजी थापेपछि तपाइँमा धुमपान त्याग्ने इच्छाशक्ति बढ्छ, त्यो तपाइँको आत्मगौरव सँग जोडिएकेा विषय पनि हुने हुनाले तपाइँ धूमपानलाई बाइ बाइ भन्ने तर्फ लाग्नुहुन्छ ।
रक्सी वा कोल्ड डि्रंक्स पिउन छाड्नुस् -रक्सीले धूमपान गर्न प्रेरित गर्छ । त्यसैले यदि तपाइँले धूमपान छाडदै हुनुहुन्छ भने रक्सी पिउन पनि छाड्नुस् । यो सँगै ग्यास मिश्रति तथा फिँज मिश्रति पेय पदार्थ जस्तै कोक, पेप्सी तथा चिया कफी पनि नपिउनुहोस् । त्यसको साटो पानी तथा जुस पिउनुहोस् ।
तनाव नियन्त्रण गर्नुहोस्-धूमपान गर्नुको मुख्य कारण त्यसमा भएको निकोटिनले तनावबाट क्षणिक मुक्ति दिने भएकाले पनि हो । तर तनाव कम गर्न निकोटिनको सहारा लिनु निकै घातक कुरा हो । तपाइँले तनाव कम गर्न चुरोट पिउने होइन की तनाव नियन्त्रण गर्न योगा तथा व्यवस्थित जिवन पद्धति जस्ता उपाय अपनाउनुहोस् । ध्यान गर्नुहोस् संगित सुन्नुहोस् प्रवचन सुन्नुहोस् र हिँडडुल गरेर मन बहलाउनुहोस् ।
cig
सोडापानी – बेकिङ सोडाले सरीरमा रहेको निकोटिनको मात्रा कम गर्छ, जसले गर्दा निकोटिन लिने इच्छा कम हुन्छ । त्यसैले आधा चम्चा बेकिङ सोडा दिनमा दिन पटक पानीमा पिउनुहोस् ।
फलफूल तथा सागसब्जीको भोजन-जब धूमपान गर्ने इच्छा जाग्छ तब दूध, गाजर, फलफूल जस्ता चिज खानुहोस् । यसले मुखमा नयाँ स्वाद छाड्नुका साथै त्यसपछि धूमपान गरेपनि त्यसलाई बेस्वादिलो बनाउँछ र तपाइँलाई धूमपानको इच्छा कम भएर जान्छ । भिटामिन सी युक्त फलफूलको बढि सेवन गर्नाले चुरोट पिउने चाहनामा कमी आउँछ ।
दालचिनी चपाउनुहोस्- धूमपानको लत छाड्नका लागि दालचिनी, ल्वाङ, सुकुमेल चपाउनु पनि सफल उपाय मानिन्छ ।
जब चुरोट पिउने इच्छा जाग्छ जब नुनिला खाद्यपदार्थ, जस्तै नमकिन, अचार, पापड, चिप्स खानुका साथै सम्भव नभए जिब्रोमा नुन दल्नुहोस् । तर होसियारी अपनाउनु के मा पर्दछ भने धेरै नुन स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
चुइंगम चपाउनु पनि धुमपान छाड्नका लागि बलियो अस्त्र हुनसक्छ ।
यस्ता व्यक्तिको संगत गर्नुहोस् जसले धुमपान गर्दैन ।
मनमा दृढ इच्छा बनाउनुहोस् र आफुलाई धूमपान नगर्ने व्यक्तिको रुपमा कल्पना गरी आफैलाई इज्जत गर्नुहोस् ।

साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger