साफ च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्ने ( बराबरीमै रोके पनि नेपालले जित्ने)

२० भदौ, काठमाण्डौं । राजधानीमा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले डिफेन्डिङ च्याम्पियन भारतसँग भिड्दैछ । अपराहृन साढे ३ बजेपछि त्रिपुरेश्वरस्थित दशरथरंगशालामा हुने खेलमा नेपाल जितको खोजीमा हुनेछ । नेपाल र भारतबीच अहिले सम्म भएका १३ खेलमा नेपालले मात्र १ खेल जितेको छ । १० खेल भारतको पक्षमा गएको छ भने २ बराबरीमा सकिएको छ ।
saff championshipएक खेलमा जित र एकमा बराबरी गरेका नेपाल र भारत दुबैको समान ४ अंक छ तर, गोल अन्तरका आधारमा नेपाल शीर्ष स्थानमा छ । सेमिफाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ । त्यसो नभएमा बंगलादेश र पाकिस्तानबीचको खेलको नतिजा कुर्नु पर्नेछ । बंगलादेश र पाकिस्तानको खेल साढे ३ बजेपछि हलचोक मैदानमा हुनेछ । भारतसँग पराजित भएको अवस्थामा भने नेपाल अघिल्लो चरण प्रवेशका लागि बंगलादेशले पाकिस्तानलाई पराजित गरेको वा दुई बीचको खेल बराबरीमा सकिनुपर्छ । समूह बी बाट अफगानिस्तान र माल्दिभ्स समूह चरणको खेल अघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
साथीलाई सेर गर्नुहोस् :

Post a Comment



अति धेरै मन पराइएको लेख हरु

like us on facebook

 
सम्पर्क : Creating Website | गुल्मी आवाज | ''सानु तिमीलाई कस्तो छ ?''
Copyright © 2013. गुल्मी आवाज - All Rights Reserved
Template Created by Creating Website Published by Gulmiaawaj.com
Proudly powered by Blogger