अण्डामा भएको सेतो भाग स्वास्थ्य का लागि धेरै उपयुक्त
कुखुराको अण्डामा हुने एक पेप्टाइडले रक्तचाप घटाउनमा सहयोग गर्ने कुरा वैज्ञानिकहरुले बताएका छन् ।
अमेरिकाको क्लेमसन विश्वविद्यालयका वैज्ञानिकले गरेको एक अध्ययन अनुसार अण्डामा रहेको सेतो भागमा हुने पेप्टाइड आरभीपीएसएलले मानिसहरूमा रक्तचाप घटाउन भूमिका खेल्ने र यसबाट मुटुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने तथ्य अगाडि सारेका हुन ।
अध्ययनका क्रममा डा. झिपेङ यु को टोलीले उच्च रक्तचाप भएका मुसालाई ५० मिलिग्राम आरभिपिएसएल पेप्टाइड खुवाएर परीक्षण गरेको थियो ।
डा. यु को टोलीले २०० डिग्रि फरेन्हाइट तापमा तताएर आरभीपीएसएल मुसालाई खुवाएकोले उच्च तापले यसलाई असर नपर्ने देखिएको बताइएको छ ।
मानिसहरूले अण्डालाई पकाएर वा उमालेर खाँदा पनि आरभीपीएसएल नष्ट नहुने तथा यो सक्रिय अवस्थामा नै रहने कुरा डा. यु ले बताएका छन ।
त्यसैले रक्तचाप कम गर्नका लागी अण्डाको सेतो भागको सेवन गर्नुपर्ने अध्ययनकर्ताहरूले सल्लाह दिएका छन ।
Post a Comment